काठमाडौं फागुन १३ गते ।
नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको उहाँको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ ।
पार्टीका पूर्व पदाधिकारीसमेत सहभागी हुने बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछि कांग्रेसको अबको रणनीति, नेकपाको प्रचण्ड-नेपाल समूहको प्रस्तावलगायतबारे छलफल हुने कांग्रेसका नेताहरुले बताएका छन् ।
नेकपाको प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हिजो सभापति निवास बुढानीलकण्ठ पुगेर सत्ता साझेदारीको प्रस्ताव गरेका थिए । त्यही प्रस्तावमाथि विशेष छलफल गर्न र नेपाली कांग्रेसको अबको भूमिकाबारे रणनीति बनाउने पदाधिकारी बैठक बस्न लागेको हो । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद रहेका छन् ।
Discussion about this post