बाँके फागुन १५ गते ।
नेपालगन्ज ल्याउन लागेको जडीबुटी सल्यानमा जफत भएको छ । अवैध रुपमा नेपालगन्जतर्फ ल्याउँदै गरेको दुई ट्रक जडिबुटी सल्लीबजारमा जफत भएको सल्यान प्रहरीले जनाएको छ । जाजरकोटबाट नेपालगन्ज आउँदै गरेका दुई ट्रकलाई सल्यान सल्लीबजारमा जाँच गर्दा ठूलो परिणामको जडिबुटी फेला परेको हो ।
ती ट्रकबाट ७ हजार ७५८ किलो जडीबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको प्रहरीले जानकारी दिएको छ । छुट पुर्जी बेगरको सबै जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुगन्धवाला, विषफेज, अमला, काउलो र चुत्रोका बोक्रा गरी ७ हजार ७५८ किलो जडिबुटी अवैध तरिकाले पैठारी हुन थालेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिए ।
जडिबुटी व्यापारी रामप्रसाद चौलागाईं सम्पर्कविहीन भएका छन् । ट्रकचालक तुलाराम थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post