बर्दिया फागुन १८ गते ।
बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । बाघको आक्रमणबाट सोमवार राजापुर नगरपालिका १० बस्ने ६५ का लालबहादुर थारुको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवक्री क्षेत्र गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो ।
हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बाघको आक्रमणबाट बर्दियामा एक वर्षमा सात जनाले ज्यान गुमाएका छन् ।
Discussion about this post