बाँके फागुन २३ गते ।
पुरैनीमा टिप्परको ठक्करबाट एक जना प्रधानाध्यापकको मृत्यु भएपछि बिद्यार्थीहरु आन्दोलनमा उत्रीएका छ्न। शुक्रबार साँझ नेपालगञ्ज उपमहनगरपालिका वडा नं २२ स्थित शान्ति चोक पुरैनीमा मोटरसाईकलमा कम्दीबाट फर्कदै गर्दा टिप्परले ठक्कर दिँदा भएको दुर्घटनामा ४७ वर्षीय रामदेव मण्डलको मृत्यु भएको थियो। डुडुवा गाउँपालिका वडा नं ५ मिलन चोक नजिकै बाँकेमा आएदेखि नै शिक्षा क्षेत्रमा लागि साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका प्रधानाध्यापक मण्डलको हत्या गर्ने चालकलाई कारबाहीको माग गर्दै बिद्यार्थी सडकमा आएका हुन ।
उनिहरुले कम्दी चोकमा प्रदर्सन गरिरहेका छ्न। दुर्घटनामा परेका मण्डलको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा शुक्रबार साँझ बाटोमा नै मृत्यु भएको थियो। यस्तै दुर्घटनामा मण्डलकी १७ वर्षीया छोरी घाइते भएकी छन् । उनको उपचार भइरहेको जनाइएको छ ।
ठक्कर दिने टिप्परका चालक प्रहरी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो । घटनास्थलमा रहेका खत्रीले सहमतिका लागि प्रयास जारी रहेको जानकारी दिनु भयो । मण्डलको घर सप्तरी भएपनि २० वर्षदेखि नेपालगञ्जको फुल्टेक्रामा बस्दै आउनुभएको थियो ।
Discussion about this post