बाँके फागुन २३ गते ।
शिक्षामा महिलाको पहुँचका लागि सरोकार पक्षबीचको सम्वाद र सहकार्य अपरिहार्य रहेको सम्वद्ध व्यक्तिहरुले बताएका छन् । अन्तराष्टिय महिला दिवसका सन्दर्भमा सम्वाद सहयोगी समूह नरैनापुरद्धारा आइतबार नरैनापुरमा आयोजित शिक्षामा महिलाको पहुँच विषयक अन्तरक्रियात्मक सम्वादमा सहभागी सम्वद्ध सरोकार व्यक्तिहरुले सो कुरा बताएका हुन् ।
महिला नेतृत्व कोभिड १९ को संसारमा समान भविश्यप्राप्ती भन्ने मुल नाराका साथ भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधी, शिक्षा सम्वद्ध अधिकारी, प्राध्यापक, अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । ४० हजार जनसंख्या रहेको नरैनापुको शैक्षिक स्तर वृद्धि गर्न अनेकन चुनौती रहेका बेला महिलाको शिक्षामा पहुँच नबढाइकन समग्र स्थिती सुधार नहुने पाइएपछि सरोकारबीच सम्वाद बढाइएको हो ।
शिक्षामा महिलाको पहुच अभिवृद्धिका लागि एकल पहलले मात्र सम्भव नहुने भन्दै सम्वद्ध विज्ञहरुले स्थानीय सरकारकै अगुवाईमा सरोकारवाला पक्षबीच प्रभावकारी सम्वाद र सहकार्यको आवश्यक्ता औल्याएका हुन् ।
नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले गाउँपालिकाको समग्र शैक्षिक अवस्था, गरिएका पहल र आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गर्नु भयो । उहाँले छात्राको विद्यालयमा पहुच अभिवृद्धिका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएपनि कोभिड १९ काकारण प्रभावित भएको बताउनु भयो ।
नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले महिला केन्द्रीत शैक्षिक कार्यक्रम ल्याउन पहल गरिने विश्वास दिलाउनु भयो । नरैनापुर गाउँपालिका वडा न ३ का अध्यक्ष राजकुमार मौर्यले अभिभावकको साेंच परिवर्तन गर्ने कार्यक्रमदेखि छात्रालाई प्रोत्साहन र सेवा सुविधाका कार्यक्रम प्रदान गर्नु पर्ने सुझाव दिनु भयो ।
नरैनापुर महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले महिला तथा बालबालिकाको शिक्षाका लागि वडातहमै प्रयाप्त वजेट छुटयाएर कार्यान्वयन गरिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा नरैनापुर गाउँपालिका वडा न ६ का अध्यक्ष विरेन्द्र पाल सिंह, वडा न २ का अध्यक्ष मसुद अहमद शाह, आदर्शमाविका प्राध्यापक त्रीलोकी नाथ मौर्य, महेन्द्र माविका प्राध्यापक सन्तोष तिवारी, सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल वाटा, वडा न १ र २ का सचिव लक्ष्मीकान्त मिश्रा, वडा न ६ सचिव जीवनलाल यादवले शिक्षाको विकासका लागि आपसी समन्वय र सहकार्यलाई बढाइनु पर्ने सुझाव दिनु भयो ।
सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै शैक्षिक सम्वादको आवश्यक्तामा जोड दिनु भएको थियो । सम्वाद सहयोगी समूह नरैनापुरका सहजकर्ता मकबुल मुकेरीद्धारा सहजीकरण गरिएको कार्यक्रममा शिक्षासँग सम्वन्धि कानून नीती कार्यान्वयनमा जोड दिने, शिक्षामा महिला पहुच अभिवृद्धिका लागि सचेतना र प्रोत्सानका कार्यक्रम सञ्चालन गर्ने, विद्यालय, अभिभावक, जनप्रतिनीधीबीचको सम्वाद र सहकार्य बढाउने, गाउँपालिकालाई साक्षार घोषणाका लागि सशक्त भूमिका निर्वाह गर्ने लगायतका प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
शिक्षामा महिलाको पहुँचकालागि सम्वाद
नेपालगञ्ज, फागुन २३ गते — शिक्षामा महिलाको पहुँचका लागि सरोकार पक्षबीचको सम्वाद र सहकार्य अपरिहार्य रहेको सम्वद्ध व्यक्तिहरुले बताएका छन् । अन्तराष्टिय महिला दिवसका सन्दर्भमा सम्वाद सहयोगी समूह नरैनापुरद्धारा आइतबार नरैनापुरमा आयोजित शिक्षामा महिलाको पहुँच विषयक अन्तरक्रियात्मक सम्वादमा सहभागी सम्वद्ध सरोकार व्यक्तिहरुले सो कुरा बताएका हुन् । महिला नेतृत्व कोभिड १९ को संसारमा समान भविश्यप्राप्ती भन्ने मुल नाराका साथ भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधी, शिक्षा सम्वद्ध अधिकारी, प्राध्यापक, अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
४० हजार जनसंख्या रहेको नरैनापुको शैक्षिक स्तर वृद्धि गर्न अनेकन चुनौती रहेका बेला महिलाको शिक्षामा पहुँच नबढाइकन समग्र स्थिती सुधार नहुने पाइएपछि सरोकारबीच सम्वाद बढाइएको हो । शिक्षामा महिलाको पहुच अभिवृद्धिका लागि एकल पहलले मात्र सम्भव नहुने भन्दै सम्वद्ध विज्ञहरुले स्थानीय सरकारकै अगुवाईमा सरोकारवाला पक्षबीच प्रभावकारी सम्वाद र सहकार्यको आवश्यक्ता औल्याएका हुन् ।
नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले गाउँपालिकाको समग्र शैक्षिक अवस्था, गरिएका पहल र आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गर्नु भयो । उहाँले छात्राको विद्यालयमा पहुच अभिवृद्धिका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएपनि कोभिड १९ काकारण प्रभावित भएको बताउनु भयो ।
नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले महिला केन्द्रीत शैक्षिक कार्यक्रम ल्याउन पहल गरिने विश्वास दिलाउनु भयो । नरैनापुर गाउँपालिका वडा न ३ का अध्यक्ष राजकुमार मौर्यले अभिभावकको साेंच परिवर्तन गर्ने कार्यक्रमदेखि छात्रालाई प्रोत्साहन र सेवा सुविधाका कार्यक्रम प्रदान गर्नु पर्ने सुझाव दिनु भयो ।
नरैनापुर महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले महिला तथा बालबालिकाको शिक्षाका लागि वडातहमै प्रयाप्त वजेट छुटयाएर कार्यान्वयन गरिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा नरैनापुर गाउँपालिका वडा न ६ का अध्यक्ष विरेन्द्र पाल सिंह, वडा न २ का अध्यक्ष मसुद अहमद शाह, आदर्शमाविका प्राध्यापक त्रीलोकी नाथ मौर्य, महेन्द्र माविका प्राध्यापक सन्तोष तिवारी, सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल वाटा, वडा न १ र २ का सचिव लक्ष्मीकान्त मिश्रा, वडा न ६ सचिव जीवनलाल यादवले शिक्षाको विकासका लागि आपसी समन्वय र सहकार्यलाई बढाइनु पर्ने सुझाव दिनु भयो ।
सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै शैक्षिक सम्वादको आवश्यक्तामा जोड दिनु भएको थियो । सम्वाद सहयोगी समूह नरैनापुरका सहजकर्ता मकबुल मुकेरीद्धारा सहजीकरण गरिएको कार्यक्रममा शिक्षासँग सम्वन्धि कानून नीती कार्यान्वयनमा जोड दिने, शिक्षामा महिला पहुच अभिवृद्धिका लागि सचेतना र प्रोत्सानका कार्यक्रम सञ्चालन गर्ने, विद्यालय, अभिभावक, जनप्रतिनीधीबीचको सम्वाद र सहकार्य बढाउने, गाउँपालिकालाई साक्षार घोषणाका लागि सशक्त भूमिका निर्वाह गर्ने लगायतका प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
Discussion about this post