बाँके फागुन २४ गते ।
प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राईले महिलाहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्नु भएको छ । १११ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसर पारेर सोमवार नेपालगन्जको सुर्खेतरोडस्थित ध्रुवतारा पब्लिक फार्मेसीसंगको सहकार्यमा पुर्वमन्त्री राईले निशुल्क सेनेटेरी प्याड वितरण गर्न लगाउनु भएको हो ।
पुर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ बाट निर्वाचित सांसद राई प्रतिनिधिसभाको बैठकका कारण काठमाण्डौमा रहेपनि उहाँले ध्रुवतारा पब्लिक फार्मेसीसंगको सहकार्यमा निशुल्क सेनेटरी प्याड वितरण गर्न लगाउनु भएको फार्मेसीका सञ्चालक सदस्य ईरफान सिद्दिकीले बताउनुभयो । उक्त सेनेटरी प्याड वितरण कार्य नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका मेडिकल अधिकृत फिजिसियन डा। निजु निरौलाले गर्नु भएको थियो । उहाँले सो अवसरमा महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको यो कार्य निकै सराहनीय रहेको बताउनुभयो ।
सो अवसरमा ३०० पिस सेनेटरी प्याड वितरण गरिएको जनाउँदे ध्रुवतारा पब्लिक फार्मेसीका सञ्चालक सदस्य सिद्दिकीले निशुल्क प्याड वितरणमा महिलाहरुको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।
Discussion about this post