बाँके फागुन २८ गते ।
प्रहरी हिरासतमा रहेका आशिष मल्ल ठकुुुुरीलाई पैसा दिएका थप दुई जना बाँके प्रहरीको सम्पर्कमा आइपुगेका छन् । मल्लले पैसा लिएर पनि प्रहरी बनाउन नसकेपछि पैसा बुझाएकाहरु धमाधम प्रहरी कार्यालयको सम्पर्कमा आउन थालेका हुन् ।
दुई जनाले तीन- तीन लाख रुपैया ठगिएको उजुरी गरेपछि मल्ल पक्राउ परेका छन् ।
शुक्रबार फेरि दुई जनाले ठगिएको भन्दै उजुरी दिएका छन् । दुई जनामध्ये एकजनाले दुई लाख र अर्काले एक लाख रुपैया दिएको बताएका छन् ।प्रहरी बनाइदिन्छु भन्दै मल्लले पैसा लिएका थिए ।
उनलाई ठगीमा कारबाही गर्ने तयारी भएको छ । आजै उनलाई अदालतबाट म्याद थपिएको छ।उनिमाथी थप अनुसन्धान सुरु भैसकेको बाँकेका एसपी ओम रानाले जानकारी दिनु भयो ।
Discussion about this post