बाँके फागुन २८ गते ।
बाँके क्षेत्र न.१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश्वर गहतराज “अथक”ले अग्निपीडितहरुलाई राहत बितरण गर्नु भएको छ। आफ्नो निर्वाचन क्षेत्रमा पर्ने नरैनापुर गाउँपालिका १ सुइँयाका अग्निपीडितलाई नगद राहत प्रदान गर्नुभएको छ।
उक्त आगलागीमा २२ घर जलेर ध्वस्त भएका थिए। सांसद अथकले आज एक कार्यक्रमका बिच प्रती परिवार ५ हजारका दरले १ लाख १० हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।
यस्तै उहाँले आगलागी पीडित परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि तत्काल आवश्यक सामाग्री उपलब्ध गराउन पहल गर्ने प्रतिवद्दता समेत ब्यक्त गर्नुभएकाे छ।
बाँकेको राप्तीपारी नरैनापुरमा गर्मियाममा बर्सेनि आगलागीका घटना हुने गरेका छन। सदरमुकामदेखि दुर क्षेत्र भएकाले पनि सम्बद्व सरोकारवालाको ध्यान जान सकेको छैन।त्यहाँ दमकलको प्रभाकारीता छैन।
फुसले छाएका घर भएकाले पनि छिनभरमै आगो फैलने गरेका क्षेती बढी हुने गरेको सुरक्षा अधिकारीहरु बताउँछन ।
Discussion about this post