काठमाडौं फागुन २९ गते ।
अमेरिकामा गत आइतबार नेपाली उबर चालक शुभाकर खड्काकालाई दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी छन्।अमेरिकाको सान फ्रान्सिस्कोमा उबर खड्कालाई दुर्व्यवहार गर्ने २४ वर्षीय महिला मलेसिया किङलाई लस भेगासबाट प्रहरीले पक्राउ गरेको छ। उनले खड्कालाई पिपर स्प्रे छरेको र मोबाइल खोसेकी थिइन्।
उनलाई प्रहरीले जमानत बिनै पक्राउ गरेको बताइएको छ।यस्तै पक्राउ पर्नेमा अर्की २४ वर्षीय महिला अर्ना किमिआइ महिला रहेकी छिन्। उनले खड्कामाथि दुर्व्यवहार गर्ने महिलाको छउमा बसेर कराउने र समर्थन गरेकी थिइन्। उनलाई पनि पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।यता, प्रहरी विभागका चोरी डाका प्रमुख लेटी ट्रेसी क्याक्रेले भनेका छन्, ‘ यो घटनामा खिचिएको भिडियोमा कोरोना महामारीका बीच पनि आवश्यक सेवा दिने व्यक्तिलाई नै दुर्व्यवहार गर्नु घृणित कार्य हो।’
गोफण्डमी नामक सहयोग जुटाउने वेबसाइटमार्फत विश्वभरका व्यक्तिहरुलाई खड्काका लागि आर्थिक सहयोग जुट्न थालेको थियो। साथै अपिलमा भनिएको छ, ‘खड्का तनाव र डरले तुरुन्तै काममा फर्कन सक्षम छैनन्।’खड्काको सहयोगका लागि केही दिनमै २३ हजार अमेरिकी डलर जुटिसकेको छ।खड्का आठ बर्षअघि अमेरिका पुगेका हुन्।
गत आइतबार उनलाई यात्रुहरुले दुर्व्यवहार गरेका थिए।उनको गाडीमा चढेका यात्रुहरुमध्ये एक महिलाले मास्क लगाए पनि बाँकी दुईले मास्क लगाएका थिएनन्। खड्काले अन्य दुई महिलालाई पनि मास्क लगाउन भनेपछि उनीहरुले दुर्व्यहार गरेका थिए। ती महिलाहरुले खड्काको मोबाइल खोस्नुका साथै पेपर स्प्रे गरेका थिए।ती महिलाहरुले नेपाल चालकमाथि गरेको दुर्व्यवहारको उक्त भिडियो फुटेजमा पहिला अनुहारबाट मास्क झिक्न लगाई पेपर स्प्रेले आक्रमण गरेका थिए ।
Discussion about this post