बाँके चैत १ गते ।
लक्ष्मी लघुबित्त वित्तिय सस्था लिमिटेड शाखा कार्यालय कम्दि बाँकेले मृतक आफ्नो सदस्यको परिवारलाई मृत्यु दाबी रकम प्रदान गरेको छ । केही समय अघि मृत्यु भएकी बाँके राप्तिसोनारी ७ निवासी केन्द्र नम्बर ९५ कि नन्द कुमारी शाहीको परिवारलाई एक लाख पचास हजार रुपैया मृत्यु दाबी रकम प्रदान गरिएको थियो ।
शाखा कार्यालय कम्दिका शाखा प्रमुख भागिरथी चौधरी थारु र केन्द्रकी उप प्रमुख रेखा सिङले परिवारको घरमै गएर मृत्यु दाबी रकम रु एक लाख पचास हजार रुपैया र कृया खर्च बाफतको थप पन्ध्र हजार गरि एक लाख पैसट्टी हजारको चेक मृतक सदस्यकी छोरी ललिता शाहीलाई संयुक्त रुपमा प्रदान गरेका थिए ।
त्यस अबसरमा शाखा प्रमुख थारुले बिमाको महत्त्वको बारेमा जानकारी गराएका थिए ।चेक रकम बुझ्दै गर्दा छोरी ललिता शाहीले बिमा गर्दा केही रकम खर्च भएपनी अहिले त्यसले ठूलो सहयोग भएको बताइन ।
Discussion about this post