वसिम अन्सारी
बाँके चैत २ गते ।
नेकपा एमाले (माधव नेपाल समुह) को बाँके जिल्ला भेला नेपालगन्जमा सुरु भएको छ । जिल्ला अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको एमाले बाँकेका जिल्ला सचिव रत्न खत्रीले दिएको जानकारी दिनुभयो ।
भेलामा पछिल्लो राजनीतिक तथा पार्टीमा भइरहेको अन्तर बिरोध बारे नेताहरुले बोल्ने क्रम जारी छ । खत्रीका अनुसार एमालेको सातौ जिल्ला अधिबेसनबाट निर्वाचिन ६५ सदस्यीय जिल्ला कमिटीका बहुमत पदाधिकारी र सदस्य सहित अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ ।
एमालेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा असोक कोईराला, उपाध्यक्षमा निरक गुरुङ, सचिवमा रत्न खत्री र उप सचिवमा प्रमोद धिताल निर्वाचित भएका थिए । सचिव खत्रीका अनुसार सोमबारको जिल्ला भेलामा पालिकास्तरका अगुवा कार्यकर्ता पनि सहभागी भएका छ्न ।
आईतबार मात्रै बाँकेको बैजनाथ, खजुरा र जानकीमा अगुवा कार्यकर्ता भेला गरिएको थियो । भेलामा जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटीका पदाधिकारी, नगर कमिटीका पदाघिकारी, वडा कमिटीका , बिभिन्न जनबर्गिय संगठनका का नेता कार्यक्रर्ताका साथै अगुवा कार्यकर्ताको सहभागिता रहेको सचिव खत्रीले जानकारी दिनु भयो । नेकपा एमालेकै केपि ओली समुहले पनि जिल्लामा अलग्गै कमिटी निर्माण गरि सकेको छ ।
Discussion about this post