काठमाडौं चैत ४ गते ।
इंग्ल्यान्डले तेस्रो ट्वान्टी–ट्वान्टीमा मंगलबार भारतलाई आठ विकेटले पराजित गरेर पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ । भारतले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १ सय ५६ रन बनाएको थियो ।जवाफमा इंग्ल्यान्डले १८.२ ओभरमा दुई विकेट गुमाएर १ सय ५८ रन बनायो ।
पाहुना टिमका लागि जेम्स बटलरले निर्णायक ८३ रन बनाए । आक्रामक भएर बटलरले ५२ बलको मात्र सामना गरेका थिए ।यसअघि कप्तान विराट कोहलीले ४६ बलमा नटआउट रहेर ७७ रन बनाएपछि भारत सम्हालिन सकेको थियो । घरेलु टिमले एक समय खराब सुरुआत लिएर ८७ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको थियो ।
Discussion about this post