जावेद अन्सारी
बाँके चैत ६ गते ।
नेपालस्थित भारतीय दुताबासले भारत जान अनुमति दिएका सानो गाडी एसएसवीले रोक लगाएको छ । सानो गाडीको शुल्क लिई अनुमति दिन्छ ।
तर भारतीय एसएसबी फोर्सले जान नदिएपछि नेपाली गाडीहरु समस्यामा परेका छन् । शुल्क तिरेर रुटपरमिट लिएका नेपाली गाडीहरु भारत जान सीमामा खटिएको एसएसवीका सुरक्षा अधिकारीहरुले रोक लगाएका छन् । भारतीय केन्द्रिय सरकारको दोहोरो नीतिका कारण नेपालीहरु तनावमा छन् ।
तीन महिनाको ७ हजार रुपैयाँ शुल्क तिरेर रुटपरमिट लिएर पनि नेपाली गाडी जान नदिएपछि गाडी लिएर बसेका नेपालीहरु तनावमा परेका हुन् । उनीहरु आफन्तहरुलाई भेट्न भारत जाने गरेका थिए । अध्ययन तथा कामको शिलशिलामा ठूलो संख्यामा नेपालीहरु भारतमा छन् ।
उनीहरुलाई भेट्न नेपालमा रहेका आफन्तहरुले नेपाली नम्वर प्लेटका गाडीहरु ७ हजार रुपैयाँ भारतीय दुतावासलाई कर तिरेर त्यहाँ जाने गरेका थिए । तर अहिले एसएसवीले जान नदिएको हो । भारतीय गाडीहरु भने निर्वाधरुपमा नेपाल आइरहेका छन् ।
नेपालगन्जको जमुनाहमा भारतीय सुरक्षा बल अनिल कुमार यादबको कमाण्डमा टोली खटिएको छ । तर किन नेपाली गाडी जना रोक लगाइएको त्योबारे एसएसवीले कुनै प्रतिक्रिया भने दिएको छैन् ।
Discussion about this post