बाँके चैत १० गते ।
बुहारीलाई जलाएको आरोपमा नरैनापुरका हनिफ शेष (ढपाली) सात वर्षपछि पक्राउ परेका छन्।दाइजोमा मोटरसाइकल नल्याएको भन्दै मट्टितेल छर्केर आगो लगाएको आरोपमा उनी पक्राउ परेका हुन ।प्रहरीका अनुसार दाइजो नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासु सजहाद खाँले ती महिलालाई आगो लगाएका थिए।
२०७० चैत्र २ गतेको यो घटनामा प्रत्यक्ष संलग्न श्रीमान् फरिद र सासु सजहाद अझै फरार रहेको प्रहरीले जनाएको छ।आगो लगाइएकी उनी लामो समयसम्म काठमाडौँमा उपचार भएर बाँच्न सफल भएकी थिइन्। नरैनापुर गाउँपालिकाको वडा नं. १, सुइया आसपासमा लुकिछिपी बसेको सूचना पाएपछि पुगेको प्रहरीले ससुरा हनिफलाई नियन्त्रणमा लिएको हो।घटनापछि हनिफका परिवार नै भारतमा गएर बसेका थिए।
नेपाल प्रहरीले पटक–पटक प्रयास गर्दा पनि भारतीय प्रहरीले सहयोग नगर्दा ढपाली परिवारलाई पक्राउ गर्न सकिएको थिएन।बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान थालेर भारतीय प्रहरीसँग समन्वय बढाएपछि भारतमा लुकेर बसेका अभियुक्तहरु पक्राउ परिरहेका छन्।
Discussion about this post