बाँके चैत १४ गते ।
छिमेकी देश भारतमा कोभिड -१९ को प्रकोप तिब्र रुपमा बढदै गएको र भारतबाट आउने नेपालीहरुमा जमुनाह नाकामा पोजिटिभ केश समेत देखिएको हुदाँ उच्च जोखिमलाई ध्यान दिदै आसन्न होलि पर्व घरमै मनाउन बाँके प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज जारी गरेको सुचना अनुसार अर्को निर्णय नभए सम्म जिल्लाभर मेला ,महोत्सव, र्याली, सेमिनार निषेध गरिएको छ । निर्णय अनुसार कसैले अटेरी गरे कारबाही गरिने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
नेपालगन्जमा आयोजना गरिएको मेला समेत रोक्न निर्देशन भएको छ।
Discussion about this post