बाँके चैत १५ गते ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र होलि खेली मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । यसैबीच सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले यस वर्षको फागु पूर्णिमा अर्थात होली पर्व आ(आफ्नै घरमा मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै कोभिड संक्रमणको जोखिम कायम नै रहेकाले घर बाहिर निस्कदा तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, सेनिटाइजर र सामाजिक भौतिक दुरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको हो ।
सूचनामा जनस्वास्थ्य मापदण्ड पालना नगर्ने र होलि मनाउन सार्वजनिक स्थानमा भिडभाड गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाहि गरिने भनिएको छ ।
Discussion about this post