बाँके चैत २६ गते ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३२३ रहेकोमा २ सय ९६ मत खसेको हो ।
जुन कूल मतको ९१.६४ प्रतिशत मतदान भएको हो । महासंघमा नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त लोकतान्त्रिक व्यवसायिक पत्रकारको प्यानलबाट अध्यक्षमा दामोदर भण्डारीसहित र प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धितालको प्यानलसहित २० सदस्यीय कार्यसमिति, राष्टिय परिषद सदस्य ७ र प्रदेश परिषद् सदस्य २२ जना चुनावी मैदानमा छन् ।
कुनै अवरोध नभए आज सबै परिणाम आउने निर्वाचन समितिका संयोजक कोइरालाले बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघको निर्वाचनमा समाचार रेखा राष्ट्रिय दैनिक पत्रिका प्रधान कार्यालयको तर्फबाट शुद्ध जल मिनिरल वाटरले पानी वितरण गरेको छ । पत्रकार मतदातालाई सहज होस भनेर पानीको स्टल राखिएको समाचार रेखाका प्रमूख मो समीर अलीले जानकारी दिनु भयो ।
Discussion about this post