बाँके बैशाख १ गते ।
नयाँ वर्षको पहिलो दिन बुधबार नेपालगन्जको रामलिला मैदानमा छैंठौं झण्डा महोत्सव आयोजना गरिएको छ ।
प्रत्येक वर्ष १ बैशाखलाई राष्ट्रिय झण्डा दिवस मनाऔं भन्ने सन्देश दिन र राष्ट्रिय झण्डको सम्मानमा सर्बसाधारणलाई थप जागरुक गराउन विगत जस्तै यस बर्ष पनि अन्तरालको आयोजना नेपालगन्जमा झण्डा महोत्सव गरिएको हो ।
‘झण्डाले ३६५ दिन संसारमा हामीलाई चिनाउँछ, एक दिन हामी सबै नेपाली झण्डालाई समय दिउँ’ महोत्सवका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने –‘यो सबैको साझा कार्यक्रम हो’ ।
उता झण्डा महोत्सवकै दिन पारेर कैलालीको मोहनापुलमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।
राष्ट्रिय झण्डा दिवसको अवसरमा युवाहरूले त्रिनगर नाकामा रहेको मोहनापुलमा १ सय १० झन्डा लगाएका हुन्। उनीहरुले पुलको दाँया र बायापट्टि नेपाली झन्डा लगाएका छन्।
नेपालमा केही वर्षयता हरेक वर्ष वैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाउने प्रचलन छ।
पुलमा राष्ट्रिय झण्डा लगाएपछि युवायुवतीहरू सेल्फी खिच्नमा रमाएका थिए।
Discussion about this post