बाँके वैशाख ८ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज राती १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्जमा कोरोना संक्रमण तीब्रगतिमा फैलिएकाले त्यसको चेन ब्रेक गर्नका लागि आज राती १२ बजेदेखि १५ गते राती १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको बताउनुभयो ।
Discussion about this post