बाँके वैशाख ११ गते ।
बाँकेको कोहलपुरलाई पनि लकडाउन गरिने भएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकास्मिक बैठकले स्थिति भयावह हुने आंकलपछि भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।
संक्रमणको रेसियो बढ्न थालेपछि मानिसहरुको मुभमेन्ट रोक्न लकडाउन गर्नु परेको कोहलपुर उपमहानगरपालिकाका उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो ।
कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको पनि उहाँले जानकारी दिनुभयो ।
Discussion about this post