बाँके जेठ १३ गते ।
नेपालगञ्ज बिपि चोक स्थित गणपति डेन्टल क्लिनिकका संचालक डा. प्रतिक श्रेष्ठले नेपाल पत्रकार महासंघ बाँकेलाई ३ हजार एक सय रुपैयाँ सहयोग गर्नु भएको छ ।
महासंघको एम्बुलेन्स खरिद अभियानमा सहयोगका लागि डा श्रेष्ठले सो रकम बराबरको चेक आज महासंघ सदस्य जावेद अनसारीलाई हस्तान्तरण गर्नु भएको हो ।
डा श्रेष्ठले कोरोना महामारीमा एम्बुलेन्स खरिद गरेर मानबीय सेवाको अभियान थालेकोमा बधाई समेत दिनु भयो । डा श्रेष्ठ कोरोना महामारीमा पनि नागरिकहरुलाई स्वास्थ्य सेवा दिदै आउनु भएको छ।
Discussion about this post