खोजखबर संवाददाता
काठमाडौं भदौ ३० गते । काठमाडौंमा ‘पाकिस्तान र नेपाल मैत्री व्यापार मेला’ सुरु भएको छ । दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यका सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटेड वल्र्ड ट्रेड सेन्टरमा सो मेला सूरु भएको हो ।
एकसाता चल्ने मेलाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदुत मजहर जाभेदले दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार बनाउन मेला उपयोगी हुने विश्वास व्यक्त गरे ।
ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा आयोजना गरिएको सो मेलामा पाकिस्तानका छालाका सामग्रीहरु मुख्य आकर्षणका रुपमा रहेका छन । त्यसैगरी मेलामा पाकिस्तानी सारी, कुर्ता, जुत्ता, चप्पल पनि राखिएका छन् ।
नेपालका हस्तकलाका सामग्रीहरु पनि मेलामा राखिएको छ । दुवै मुलुकका उत्पादनहरुकोे बजारीकरण गर्न पनि मेला आयोजना गरिएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल मर्हजनले बताए ।
Discussion about this post