खोजखबर संवाददाता
बाँके भदौं ३० गते । पाईलट परियोजना संचालनका लागि विश्व बैंकको विषेशज्ञ सहितको टोली नेपालगञ्ज पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिका बिश्व बैंकको कार्यक्रमका लागि छनौंटमा परेको हो । विश्व बैङकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उप–महानगरपालिकालाई छनौट गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो । पाईलट परियोजना अन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले नेपालगञ्ज उप–महानगरपालिकामा सोमबारदेखि अध्ययन सुरु गरेको छ । विश्व बैंकको टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशाकसीय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुले स्वागत गर्नुभयो । टोलीले सोमबार नै जनप्रतिनिधी र कर्मचारीयसँग अन्तरक्रिया गरि कार्यक्रमको बारेमा जानकारी गराएको छ । टोलीलाई वडा अध्यक्ष प्रमोद रिजा, विन्दुभुष्ण बस्नेत लगायतले सुझाव दिनुभयो ।
Discussion about this post