जावेद अन्सारी
(भिडियो हेर्नुस्) बाँके भदौ ३० गते । नेपाली कांग्रेस नेवि संघले बिरोध र्याली प्रदर्शन गरि जिल्ला प्रसासन कार्यालय घेराउ गरेको छ।
नेपाली कांग्रेस जिल्ला न्याय समिती बैठकको निर्णय अनुसार नेपाली कांग्रेसका कर्याकर्ता र कांग्रेस संग सम्बन्धी संघ, संस्थाहरु पनि अगामीको दिनमा बिरोध आन्दोलन जारी राख्ने निर्णय गरेका छन । निर्णय स्वरुप आज बिरोध र्याली प्रदर्शन गरेकोछ ।
नेपाली कांग्रेस कार्य समिती सदस्य रबिन्द्र हमालले नेपाली कांग्रेस कार्य सदस्य अनुशार १० जना दोषीहरुलाई कारबाही गर्ने माग सहित जिल्ला प्रसासन कार्यलय ज्ञापन पत्र बुझाइको जनाए। जनजागरण कार्यक्रम चलिरहेको बेलामा बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ता हलभित्र प्रवेश गरी कांग्रेसका नेता र अन्य कर्यकर्ताको माथी आक्रमणको बिषयलाई लिएर दोषीलाई कारबाही नहुनजेल सम्म नेपाल भरीकै जिल्लाहरु नेपाली कांग्रेसले आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अफ्नो दुई तिहाइ सरकारको घमण्डमा नेपाली कांग्रेस बाँकेको सभापतिलाई आक्रमण गरेको नेपाली कांग्रेस आरोप लगाउँदै आयको छ ।
Discussion about this post