सुर्खेत असार ६ गते ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गका झन्डै एक दर्जन ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग बन्द भएपछि स्थानीय बासिन्दा हिँडेरै गन्तव्यमा जान बाध्य छन ।
दैलेखको सियाला, किटु, घट्टेखोला, दहीखोला कालीकोटको गगने खोला, हुल्म, सुनारखोला, पिली सेरावाडा, तिलागुफाको भिग्मलगायतका ठाउँमा पहिरो खसेको हो । केही ठाउँको पहिरो हटाए पनि वर्षाले पुनः पहिरो झरेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा दैलेखसहित कालीकोट, जुम्ला र मुगुका बासिन्दा सास्ती भोग्न बाध्य छन् । पहिरोका कारण झन्डै एक सय बढी मालवाहक र यात्रुवाहक गाडीहरू बीचबाटोमै अलपत्र परेका छन ।
बर्षा भइरहेकाले पहिरो हटाउन गाह्रो भइरहेको कर्णाली प्रदेश सरकारले जनाएको छ। दैनिक वर्षा हुन थालेपछि राजमार्ग छेउछाउका बस्तीहरूको जनजीवन प्रभावित भएको छ ।
वर्षाका कारण जिल्लाका दुई दर्जन बढी ग्रामीण सडक समेत बन्द भएका छन ।
Discussion about this post