बाँके असार ९ गते ।
कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपालगन्जमा निषेधाज्ञा गरेको आज ठिक दुई महिना पुगेको छ । नेपालगन्जमा गएको बैशाख ९ गते निषेधाज्ञा जारी गरिएको थियो ।
त्यसको चार दिन पछि १३ गते भने बाँके जिल्लामा पुरै निषेधाज्ञा जारी भएको थियो । दोस्रो लहर सुरु भएपछि बाँकेमा २ सय ५२ जनाको मृत्यु भएको छ । यो अवधिमा १२ हजार ३ सय ३९ जना संक्रमित भएका छन् भने १२ हजार ३ सय २४ जना निको भएर घर गएका छन् ।
अहिले जिल्लामा ४२ संक्रमित विरामीको उपचार भइरहेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरीमा ३५ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ५ जना र वष्टर्न अस्पतालमा २ जनागरी ४२ जना संक्रमितको उपचार भइरहेको समितिले जनाएको छ ।
पहिलो लहरमा बाँकेमा ५८ जनाको मृत्यु भएको थियो । गएको चैत अन्तिमसम्म जिल्लामा ५ हजार २१ जनामा संक्रमण भएको थियो । बाँकेमा पहिलो र दोस्रो लहरमा गरी ३ सय १० जनाको मृत्यु भएको छ ।
भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले गएको बैशाख १३ गतेदेखि जारी गरेको निषेधाज्ञा अझैपनि कायमै छ । फाइल तस्वीर
Discussion about this post