काठमाडौं असार ११ गते ।
जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला तथा गम्भीर प्रकृतिका साइबर अपराधका विरुद्धमा कारबाही गर्न नयाँ संरचना बनाउन माग गरिएको हो ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार राष्ट्रिय प्रहरी कार्यालयले प्रहरी सम्वन्धी विद्यमान कानुनमा पनि संशोधन गर्न आवश्यक रहेको समेत जनाएको छ ।
पुरानो कानुनी व्यवस्थाका कारण कतिपय कार्यमा कठिनाइ भइरहेको र कतिपय नयाँ समस्याहरुको समाधानका लागि पुरानो कानुन अपुग भएको प्रहरीको भनाइ छ ।
Discussion about this post