बाँके असार १२ गते ।
कोरोनाका विरामीको उपचार गराइरहेको नेपाललगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको, कोभिड विशेष अस्पतालले कोभिडका थप विरामी भर्ना गर्न स्थगित गरेको छ ।
विरामीको संख्या घटेसँगै अक्सिजन पाइप लाइन विस्तार गर्नुपर्ने र तेस्रो लहरको पूर्वतयारी गर्नु पर्ने भएकाले थप विरामी भर्ना स्थगित गरिएको अस्पतालले जनाएको छ । विरामीको चाप बढे कोभिड वार्ड पुनः सुरु गरिने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार कोभिड वार्ड सबै खाली भएको छ । १३० बेडको कोभिड विशेष अस्पताल यसअघि कोभिडका विरामीले भरी भराउ भएको थियो ।
Discussion about this post