बाँके असार १२ गते ।
लागु औषध विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवस आज लागु औषध विरुद्ध सचेतिकरण कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।
‘लागु औषधरहित परिवार स्वस्थ जिवनको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले पुनःस्थापना केन्द्रहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
साहारा हाउस पुनःस्थापना केन्द्रका अध्यक्ष अभिराज क्षेत्रीका अनुसार, लागु औषध दुव्र्यसनीको अवस्था, रोकथामका लागि भएका पहललगायतका बारेमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।
यस्तै भेरी अस्पतालमा संचालित अञ्जली माता रसोइलाई पनि दिवसकै अवसर पारेर आर्थिक सहयोग गरिने भएको छ भने कोहलपुरका अति विपन्न पाँच परिवारलाई खाद्यान्नलगायतको सहयोग पनि गरिने भएको छ ।
Discussion about this post