वसिम अन्सारी
बाँके असार १५ गते ।
लागु औषध मुद्दामा फरार दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–२ का २८ वर्षीय किशोर विक र २३ वर्षीय नारायण विकलाई जिप्रका बाँकेको टोलीले पक्राउ गरेको हो ।
जिल्ला अदालतले ७५ साल जेठ २३ गते नारायणलाई ८ महिना १० दिन कैद र ७६ साल फागुन १६ गते किशोरलाई १० हजार जरिवानाको फैसला गरेको थियो ।
अदालतको फैसलापछि उनीहरु दुवै जना फरार थिए । पक्राउ परेका उनीहरु दुवैलाई आज जिल्ला अदालतमा बुझाइने बाँके प्रहरीले जनाएको छ ।
Discussion about this post