कैलाली असार १६ गते ।
कैलालीमा आजदेखि निषेधाज्ञा थप खुकुलो पारिएको छ । आजदेखि सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागु गरी संचालनमा ल्याइएको छ । अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।
यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन भने रोक लगाएको छ । आजदेखि अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाईने भएकोछ । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य पनि सञ्चालनमा आएका छन् ।
होटल रेष्टुरेन्ट, खाजा पसलले होम डेलिभरी तथा टेक अवे सेवा बिहान ६ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाईने छ । खुकुलो पारिएको निषेधाज्ञा भने २२ गतेसम्म जारी रहने स्थानीय प्रशासनले जनाएको छ ।
Discussion about this post