काठमाडौं असार १६ गते ।
१६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत गएराति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।
उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।
तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । अन्तिम आठको खेलहरु पर्सिबाट सुरु हुनेछ ।
स्विट्जरल्यान्डविरुद्ध स्पेन, बेल्जियमविरुद्ध इटाली, चेक रिपब्लिकविरुद्ध डेनमार्क र युक्रेनविरुद्ध इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने छ ।
Discussion about this post