बाँके असार २३ गते ।
आफ्नै छोरीलाई ६ बर्ष देखी बलात्कार गर्दै आएको आरोपमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय खजुरा धनौली प्रहरीले आफ्नै छोरीलाई यौन दुर्व्यबहारका साथै जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
खजुरा गाउँपालिका वडा नम्बर दुइका ४२ बर्षिय बाबुले बिगत ६ बर्ष देखि आफ्नै छोरिको बलात्कार गर्दै आएको पिडितले बताएको इलाका प्रहरी कार्यालय धनौलिका कार्यालय प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी मधुसूदन न्यौपानेका अनुसार आफ्नै छोरि बलात्कारको आरोपमा दर्ता भएको ६ दिन भएको र सो को अनुसन्धान चलिरहेको बताउनुभएको छ ।
प्रहरीका अनुसार पिडितको भनाई उदृत गर्दै करिब ६ बर्ष देखि (पिडितको उमेर ९ बर्षको हुँदा देखि) मौका छोपेर आफ्नै बाबुले बलात्कार गर्दै आएको बताइएको छ ।
Discussion about this post