फाइल तस्वीर
बाँके असार २४ गते ।
बाँके प्रहरीले हिजो बेलुका भन्सार छली नेपालगन्ज ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरका समिर अनसारीलाई १७८ पीस कुर्तिसहित धम्वोझिबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
भारतीय नम्वर प्लेट युपी ४० एस ३७४७ नम्वरको मोटरसाइकलमा कुर्ति ल्याउँदै गरेका अनसारीलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।
उक्त कुर्तिको मूल्य करिव ४४ हजार बराबर रहेको प्रहरीको अनुमान छ । अनसारीले भन्सार छलेर ती कुर्ति भित्र्याएको खुलेको छ । प्रहरी यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जमुनाह प्रहरी इन्चार्जको रुपमा सन्तोष खनाल आएदेखि अवैध तस्कर बढेको छ । नाकामा उनले पैसा अशुलेर सामान छाडन्े गरेका छन् । उनले छाडेको सामान भने नेपालगन्जमा जिल्ला र वडाको प्रहरीले बरामद गर्दै आएको छ ।
Discussion about this post