बाँके असार २६ गते ।
भेरी अस्पतालमा संचालित कोभिड अस्पतालकी इन्चार्ज शीला शर्मालाई एक महिना अघिसम्म खाना खानेसम्म पूmर्सद थिएन् । बेड व्यवस्थापनदेखि नर्सिङ स्टाफको ड्युटी मिलाउनै मुस्किल पथ्र्यो ।
‘बिरामी खचाखच थिए, एक महिना अघिको स्मरण गर्दै उहाँले भन्नुभयो–‘जनशक्ति कम थियो व्यवस्थापन गर्न गाह्रो भयो ।’ चैतको अन्तिमदेखि जेठको पहिलो सातासम्म बिरामीको चाप थेगिनसक्नु भयो ।
तर अहिले संक्रमण दर घटेसँगै अस्पतालमा बिरामीको चाप पनि घटेको छ । बिरामीको चाप घटेसँगै शीलाको व्यस्तता पनि कम छ । हिंजोआज उनीहरु पूmर्सदिला जस्तै भएका छन् । संक्रमण दर घटेसँगै कोभिड बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको धपेडीपनि कम भएको हो ।
अस्पतालमा संचालिन कोभिडका चारवटा हलमध्ये अहिले दुई वटा बन्द भइसकेका छन् । कुनै बेला चारसयको हाराहारीमा कोभिड बिरामीलाई उपचार सेवा दिएको अस्पतालमा अहिले ४०÷४५ जनामात्रै बिरामी छन् । अस्पतालमा संक्रमित बिरामीको चाप घट्दै गएपछि ननकोभिडका सबै सेवा सुरु भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेसु डा प्रकाश थापाका अनुसार, संक्रमण दर घट्दै गए एक हप्ताभित्र सबै सेवा फुलफेज नियमित हुने उहाँको भनाइ छ । कोरोना भाइरस महामारीको उपचारमा अब्बल भेरी अस्पतालले अहिले अन्य सेवालाई समेत सहज तरिकाले प्रवाह गर्न थालेपछि यसक्षेत्रका बिरामीहरु लाभान्वित हुन थालेका छन् ।
यसरी अस्पतालमा आउने सेवाग्राहीहरुले जनस्वास्थ्यको मापदण्ड पालना गर्न अस्पताल प्रशासनले आग्रह गरेको छ ।
Discussion about this post