बाँके असार ३० गते ।
बाँके किटजन्य रोगको उच्च जोखिममा परेको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज डेंगु तथा अन्य किटजन्य रोग रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट सम्बन्धि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा किटजन्य रोगको उच्च जोखिममा परेको हो ।
बाँकेमा चालू आर्थिक वर्षमा मात्रै पाँच जना डेंगुका विरामी भेटिएका छन् । चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको जानकारी दिइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एउटा ग्यारेजमा काम गर्ने मजदुर र पाहुनामा डेंगु देखा परेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, आर्थिक वर्ष २०७६÷७७ मा ९१ जनामा डेंगु देखिएको थियो भने ०७५÷७६ मा २४ जनामा डेंगुका बिरामी फेला परेका थिए ।
सन् २००६ मा बाँकेमा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए । डेंगु, मलेरिया, चिकन गुन्या, कालाबजार, स्क्रव टाइफसलगायतका किटजन्य रोगका कारण बाँके पनि उच्च जोखिममा छ ।
Discussion about this post