वसिम अन्सारी
बाँके असार ३० गते ।
नेपालगन्जको जमुनाह नाकाबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगरसहित आज एक जना पक्राउ परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–११ का २५ वर्षीय राजिव थारु पक्राउ परेको बाँके प्रहरीले जनाएको छ ।
रुपैडियाबाट नेपालगन्ज आउँदै गरेका थारुलाई शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा उनले अन्डरवयभित्र लुकाई राखेको २ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
लागु औषध नियन्त्रण व्यूरोका प्रहरी नायव निरीक्षक प्रेम अधिकारी र जमुनाह प्रहरीको संयुक्त पहलमा पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।
यसअघि हिंजोपनि जमुनाह नाकाबाट प्रहरीले लागु औषधसहित कोहलपुरका युवालाई पक्राउ गरेको थियो ।फाइल तस्वीर
Discussion about this post