काठमाडौं साउन १ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको हो ।
अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनुभएको हो । । सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ ।
१० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो । स्थायी कमिटी बैठकपछि तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ । फाइल तस्वीर
Discussion about this post