बाँके साउन १ गते ।
बाँकेमा शैक्षिक संस्थाहरु अझै नखुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले शिक्षण संस्थालगायत बढी भीडभाड हुने संस्थाहरुमा अझै निषेध गरेको हो ।
जसअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइने छैन् ।
यस्तै सिनेमा हल, पार्क, जिमखाना, स्वीमिङ्ग पुल, सेमिनार, गोष्ठि, भेला, ¥याली, प्रदर्शन लगायतका क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको बाँके प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनले भिडभाड हुने क्षेत्रमा निषेध गरेपनि व्यवहारिकरुपमा कार्यान्वयन भने हुन सकेको छैन् ।
Discussion about this post