बाँके साउन २ गते ।
बाँकेमा सुख्खा खडेरीका कारण धान खेती प्रभावित भएको छ । करिव एक महिनादेखि पानी नपर्दा खेत चिरा–चिरा परेर धाँजा फाँटेको छ । रोपिएका धानका बोट पानी नपाएर पहेलपुर भएका छन् ।
लामो समयदेखि पानी नपर्दा किसानहरु उत्पादन घट्ने चिन्तामा छन् । पूर्वी नेपालमा पानीले वेहाल पारेपनि बाँकेसहित पश्चिम तराईका जिल्लाहरुमा भने पानी पर्न सकेको छैन् ।
जस्का कारण किसानहरुको धान रोपाइँ प्रभावित मात्र भएको छैन्, रोपिएको धान पनि पहेलपुर भएको छ । बाँके जानकी गाउँपालिकाका किसान राजु धोवीले ब्याड राख्ने बेलामा पानी परेपनि रोपाइँपछि भने पानी नपरेको बताउनुभयो । उहाँले रोपिएको धानका बोटपनि पहलो हुँदै सुक्न थालेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनाका किसान दिनानाथ यादवले पानी नपर्दा धान सुक्न थालेको बताउनुभयो । लामो खडेरीका कारण बाँकेमा धान खेती अझै पूरा हुन सकेको छैन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, जिल्लामा अझै १५ प्रतिशत रोपाइँ बाकी छ । ब्याड राख्ने बेला र सुरुको रोपाइँमा बर्षा भएपनि त्यसपछि भने खडेरी सुरु भएकाले रोपाइँ प्रभावित भएको प्रमुख ढकालको भनाइ छ ।
सिंचाइँ सुविधा नभएको ठाउँमा खडेरीको असर बढी परेको छ । बाँकेमा साढे ३६ हजार र बर्दियामा ५२ हजार बढी हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।
अन्नको भण्डारकारुपमा चिनिएका दुई जिल्लामा पानी नपर्दा किसानहरु आत्तिएका छन् । सिक्टा सिचाइँ आयोजनाको नहर खेतमा नपुग्दा इन्द्रपुर, परस्पुर र बेलभारका किसान थप मारमा परेका हुन् । तस्वीर: मंसूर अली इदरीशी
Discussion about this post