ताहिर शेष, साहिल
बाँके साउन ३ गते ।
बाँके प्रहरीले भन्सार छली भित्र्याइएका सामानसहित २ जनालाई पक्राउ गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको कुर्ता सुरुवाल बरामद भएको प्रहरीले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका २ बाट नेपालगन्ज ७ का हिमांशु वर्मा पक्राउ परेका छ्न । भे २ प ५३०० नम्बरको मोटरसाइकलमा कुर्ता सुरुवाल ल्याउँदै गरेको अबस्थामा उनी पक्राउ परेका हुन ।
यस्तै बर्दिया बासगढी न.पा.८ बस्ने वर्ष २५ को चन्द बहादुर थापा पनि अबैध सामान सहित पक्राउ परेका छ्न । भे १ ज ३०३ नं.को म्याजिक गाडिबाट भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमको कपडासहित उनलाई नेपालगन्ज उपमहानगरपालिका १० बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबैलाई छाडिएको छ । तर सामान भने जफत गरिएको प्रहरीले जनाएको छ । जफत गरिएको सामान थप कारबाहीका लागि भन्सार कार्यलयमा पठाइएको छ ।
Discussion about this post