काठमाडौं साउन ४ गते ।
मनसुन सुरु भएसँगै देशका विभिन्न भूभागका नदीहरुमा बाढी आउन सक्ने भएकाले जल तथा मौसम विभागले सर्तक रहन आग्रह गरेको छ ।
आज महाकाली, कर्णाली, नारायणी, कोशी नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।
विभागका अनुसार भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायत तिनाउ, बबई जलाधारका सहायक नदीहरुमा बहाव बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भईरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
Discussion about this post