बाँके साउन ५ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१० बाट वेवारिसे अवस्थामा रहेको कपडा प्रहरीले बरामद गरेको छ । लेडिज सुट, तन्ना, सललगायतका कपडा बरामद भएको प्रहरीले जनाएको छ ।
ती कपडाको मूल्य करिव १ लाख २ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलि गरेर कपडा भित्र्याइएको प्रहरीको अनुमान छ । प्रहरीलाई देखेपछि तस्करहरु कपडा छाडेर फरार भएको हुन सक्ने पनि प्रहरीको अनुमान छ ।
Discussion about this post