बाँके साउन ७ गते ।
बैङ्किङ कसुर मुद्दामा संलग्न फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय जीवन धिताललाई घरबाटै पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदुन न्यौपानेले जानकारी दिनुभयो ।
गएको फागुन १२ गते जिल्ला अदालतले फैसलाबाट धिताल दोषी ठहर भएका थिए । उनलाई तीन दिन कैद र दुई लाख ८० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यसपछि उनी फरार थिए । पक्राउ परेका धिताललाई आज जिल्ला अदलातमा बुझाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post