वसिम अन्सारी
बाँके साउन ७ गते ।
जेटियुसिसि संयुक्त टे«ड युनियन बाँकेले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुको आन्दोलनमा एक्यबद्धता जनाएको छ ।
तलवभत्ता नपाएको भन्दै करीव एक सातादेखि आन्दोलन कर्मचारीको आन्दोलनमा युनियनले एक्यबद्धता जनाएको हो । युनियनका बाँकेका संयोजक बसन्त मल्लद्धारा आज जारी विज्ञप्तीमा कोरोनाको बिषम परिस्थितिमा ज्यानको बाजी राखेर काम गरेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलवभत्ता, कोभिड भत्ता नदिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा कोष वाफत काटिएको रकम फिता समेत फिर्ता नगरिएकोप्रति युनियनले ध्यानाकर्षण भएको पनि जनाएको छ । श्रमिकहरुको मागलाई तत्काल अस्पताल प्रशासनले पूरा नगरे त्योबाट हुन सक्ने परिणामको क्षतीको जिम्मेवार स्वयंम अस्पताल हुने संयोजक मल्लले बताउनुभयो ।
Discussion about this post