बाँके साउन ८ गते ।
देशभर आजको मौसममा सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमिवदले जानकारी दिएका छन् ।
आजराति पनि यस्तै मौसमी प्रणाली रहने मौसमविदको पूर्वानुमान छ । राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । राति सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।
Discussion about this post