सुर्खेत साउन ८ गते ।
सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ । थपिएको निषेधाज्ञाको अवधिमा पुस्तकालय सञ्चालन गर्न अनुमति नदिएको प्रशासनले परीक्षा भने सञ्चालन गर्न सकिने बताएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । प्रजिअ रिजालका अनुसार कोभिड–१९ सम्वन्धी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्लामा सबै तहका परिक्षा सञ्चालन गर्न सकिने छ ।
यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि २ बजेसम्म खुल्दै आएका पसलहरु अब ६ देखि बेलुका ६ बजेसम्म खुल्ने छन् । होटल, रेष्टुरेन्ट र खाजा पसल भने कुल क्षमताको ५० प्रतिसत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित खोल्न पाइने प्रशासन जनाएको छ । सैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय भने पूर्णरुपमा बन्द हुनेछन् । सुर्खेतमा वैशाख १५ गतेयता निषेधाज्ञा जारी छ ।
Discussion about this post