काठमाडौं साउन १२ गते ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । जारी बैठक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठक १४ औं महाधिवेशनको तयारीमा केन्द्रित हुने पौडेलले बताउनुभयो । आजको बैठकले महाधिवेशन बारे थप निर्णय गर्न सक्ने पनि पौडेलले जानकारी दिनुभयो ।
यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ का लागि तय वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।यसैबीच कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।
९८ प्रतिशत काम सकिएपछि पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउन लागिएको समिति सचिव केशव रिजालले जानकारी दिए। पदाधिकारी बैठक बस्नुअघि नै सभापतिलाई प्रतिवेदन बुझाउने समितिको तयारी छ । फाईल तस्वीर
Discussion about this post