दाङ साउन १२ गते ।
एक बर्षदेखि निर्माण कार्य ठप्प भएको घोराही तुलसीपुर फोरलेन सडकको निर्माण कार्य पुनः सुरु हुने भएको छ । भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ्ग एण्ड इन्फ्रा प्रोजेक्टले स्थानीय प्रतिनिधि अनुप पाण्डेलाई काम गर्न जिम्मेवारी तोकेको थियो ।
फोरलेन सडक निर्माणको लागि अहिले नयाँ प्रतिनिधि द्रोण दुलाल आउनुभएको छ । झापा घर भएका दुलालले फोरलेन सडकलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फोरलेन सडकलाई पहिलो प्राथमिकतामा राखिएको र त्यसका लागि नयाँ प्रतिनिधि संग काम अघि बढाउने सहमति भएको जानकारी दिनुभएको छ ।
यो आयोजना जिल्लाको पहिलो प्राथमिकता भित्र पर्ने र फोरलेन सडक समृद्धि र प्रगतिको आधार भएको उहाँको भनाई छ । फाइल तस्वीर
Discussion about this post