रजनी योगी
बाँके असार ११ गते । बाँकेनेपालगन्ज धम्बोझीमा नयाँ निर्माणाधिन बाँगेश्वरी मन्दिर प्रवेशद्धारले गर्दा घरबारी टोलका अधिकांश घरबारीटोलका व्यापारीहरुलाई मर्का परेको स्थानीय व्यापारीले गुनासो गरेका छन् ।
निर्माण स्थलको निर्माण सामाग्रीले गर्दा यात्रु हिड्ने बाटो समेत रोकेको हँुदा व्यापार रोकिएको त्याहांका व्यापारी बताउँछन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष सुनिल सिहं हमालका अनुसार शाह कन्ट्रसनले १५ लाखमा लिएको ठेक्का अवधी सकिएर फेरी थप अवधी माग गरेको छ । अहिलेसम्म ४० देखि ५० प्रतिशत काम सकिएकाले बाँकी थप कामका लागि समय थप गर्न माग गरिएको हो । साथै वडा नं २ को धम्बोझीदेखि त्रिवेणीमोडसम्मको भर्खरै मात्र कालोपत्रे गरिएको बाटो भत्किन सुरु भएको छ । गुणस्तर हिन सामाग्रीको प्रयोगले बाटो छिटै भत्किन सुरु गरेको र त्यसप्रती स्थानीय कसैको ध्यान नगएको स्थानीय कपडा व्यापारी हरी सुवेदीले बताउनुभयो ।
Discussion about this post